विजय यात्रा- यामाहाको दसैँ योजना

विजय यात्रा- यामाहाको दसैँ योजना
+
-

काठमाडौँ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले महान चाड दसैँ र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘विजय यात्रा’ नाम दिइएको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । त्यसैगरी, हरेक हप्ता हुने लकी ड्रमा एक जनाले ब्रान्ड न्यु यामाहा आर ३ जित्न सक्नेछन् ।

‘चाडवाडको रौनकलाई अझ उल्लासमय बनाउन हामीले यो अफर ल्याएका हौँ । हामीलाई आशा छ नगद छुट र साप्ताहिक लकी ड्रले हाम्रा ग्राहकलाई रोमाञ्चित गराउनेछ,’ यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने ।

नयाँ योजनाअनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले स्क्र्याचकार्डमार्फत कम्तीमा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, यामाहाका ग्राहकले साप्ताहिक रुपमा हुने लक्की ड्रमा यामाहा आर३ जित्न सक्नुहुनेछ । यो लक्की ड्रको टेलिभिजन र यामाहा नेपालको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण हुनेछ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाउने कम्पनीको दाबी छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?