
काठमाडाैँ- संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ।
बैठक दिनकाे १ बजे बस्ने भनिएपनि आधिघण्टा ढिलाे गरी १ ३० पछि सुरु भएकाे हाे। मंगलबारकाे बैठकमा कुनै कार्यसूची भने राखिएका छैन्।
बैठकमा सासद्हरु खासै उपस्थित छैनन्। संसद बैठक हेर्न दर्शक दिर्घामा विद्यार्थी टन्न रहेका छन्। सरकार पक्ष तथा प्रतिपक्षकै कुर्सी खाली छन्।
बैठकमा आएका सांसद्हरु पनि हाजिर लगाएर निस्कने गरेका छन्। त्यस्तै शीर्ष नेताहरू पनि बैठकमा छैनन्।
सबै तस्बिर: वर्षा शाह/देश सञ्चार