
काठमाडौं- चिकित्सा शिक्षा आयोगले प्रकाशन गरेको स्नातक तह चिकित्सा शिक्षा एकीकृत प्रवेश परीक्षाको नतिजामा त्रुटि भेटिएपछि विद्यार्थीहरूले बुधबार प्रदर्शन गरेका छन्।
नतिजा प्रकाशनमा गरेकाे त्रुटिकाे विरुद्धमा विद्यार्थीहरूले माइतीघर मण्डलामा आज नाराबाजीसहित प्रदर्शन गरेका हुन्।
उनीहरूले ‘ओएआर सिटि हेर्न पाऊँ’, ‘एन्सर की हेर्न पाऊँ’, ‘क्वेस्चन पेपर सेट हेर्न पाऊँ’, ‘विद्यार्थीहरूकाे भविष्यसँग खेलबाड गर्न पाइँदैन’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।
साथै उनीहरूले माइतीघर मण्डलाबाट बानेश्वर क्षेत्रसम्म र्यालीसमेतकाे आयाेजना गरेका थिए।
तस्बिरहरू: