राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको लागि ५० सिट पायो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाइको लागि ५० सिट पायो
+
-

दाङ – दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएको छ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सन्चालनको लागि आबश्यक तयारी पुरा गरेको प्रतिष्ठानलाई पहिलोबर्ष ५० सिट सुनिश्चित गरेको हो। ५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने बिद्यार्थीले एमबिबिएस पढ्न पाउनेछन।

प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबिबिएसका लागि ५० सिट सुनिश्चितता भएको जानकारी दिए। प्रतिष्ठानको बिकासमा एमबिबिएस पढाई महत्वपुर्ण कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे।

‘एमबिबिएस पढाइ सन्चालन गर्ने कुरा धेरै महत्वपुर्ण कुरा हो। दाङ सहित सिङ्गो प्रतिष्ठानको शैक्षिक कार्यक्रममा कोसेढुङ्गा साबित हुनेछ’, उनले भने।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो। हाल प्रतिष्ठानमा बिएस्सि र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन चालु अबस्थामा रहेको छ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिएका थिए।

एमाले महासचिव शंकर पोख्रेलले पनि एमबिबिएस पठनपाठन सन्चालन गर्न आफ्नो तर्फबाट पहलकदमि लिएका थिए। महासचिव पोख्रेलकै अगुवाईमा प्रधानमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्री, शिक्षामन्त्री, मन्त्रालयका सचिब र चिकित्साशिक्षा आयोगका उपाध्यक्षसहित पदाधिकारी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा। बिकास लामीछाने, रजिस्ट्रार प्राध्यापक श्याम लम्सालसहितको सहभागितामा बैठक बसेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?