चौरी खर्चमा घुम्ती खोप शिविर

चौरी खर्चमा घुम्ती खोप शिविर
+
-

सिमकोट – रानी सैनाका उच्च पाटनमा चौरी तथा अन्य पशुपालन गर्दै आएका गोठालाका बालबालिकाका लागि घुम्ती खोप शिविर सञ्चालन गरिएको छ। शिविरबाट खोप लगाउने उमेर समूहका बालबालिका र अन्य बिरामी लाभान्वित भएका हुन्।

सिमकोट गाउँपालिकाको आयोजनामा घुम्ती खोप शिविर सञ्चालन गरिएको हो। शिविरका लागि खर्क नजिकको स्याँडा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी परिचालन गरिएको थियो।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका संयोजक नरबहादुर भण्डारीले सात जना बालबालिका खोप शिविरबाट लाभान्वित भएको बताए। उनका अनुसार खोप लगाउने बालबालिकामा डिपिटी दुई जना, जेई दुई जना, दादुरा रुबेला एक जना, पोलियो दुई जना, पिसिभी एक जना, एफआइपिभी दुई जना, रोटा भ्याक्सिन एक जना र टाइफाइड एक जना छन्। आमासँग खर्चमा लगिएका बालबालिकालाई १२ वटा खोप लगाइएको हो।

ती बालबालिकामा एकदेखि दुई पटक खोप लगाउने छुटेका थिए। त्यसैगरी ४३ जना अन्य बिरामीको शिविरमा उपचार गरिएको छ। जसमा २० जना महिला र २३ जना पुरुष छन्।

उनीहरू जेठदेखि खर्कमा बस्दै आएका थियो। सो शिविर सञ्चालन गर्न जनस्वास्थ्य निरीक्षक एवं स्याँडा स्वास्थ्य चौकीमा संयोजक लवी रावतको नेतृत्वमा तीन जना स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। जसमा स्वास्थ्यकर्मी धिरन शाही र सपना बुढा रहेका थिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?