
काठमाडौं- आगामी १६ सेप्टम्बरबाट क्यानडामा हुने त्रिकोणात्मक टी- २० सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रम आयोजना गर्दै बिदाइ गरेको हो।
उक्त अवसरमा नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाइले यो सिरिजमा पनि बलिया र महत्त्वपूर्ण टोलीहरूसँगको प्रतिस्पर्धा भएकाले प्रतियोगिता प्रतिस्पर्धात्मक हुने बताएका छन्।
उनले आफ्नोतर्फबाट टिमले जितका लागि बलियो भएर प्रतिस्पर्धा गर्ने बताए। सबैको सहयोग र समर्थनका लागि उनले धन्यवादसमेत दिएका थिए।
लिग- २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्ने छ। त्यस्तै, नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ। लिग- २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।
त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्ने कार्यतालिका रहेको छ। २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने छ।
८ टोली सहभागी लिग- २ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन्। नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो।
नेपाल नामिबियासँग दुवै खेलमा पराजित हुँदा नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो। नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ।
यस्तो छ नेपाली टोली:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)
थप तस्बिरहरू: