
काठमाडौं- संघीय संसदअन्तर्गतकाे प्रतिनिधिसभाको बैठक सुरु भएकाे छ।
आजकाे बैठकमा उपसभामुख इन्दिरा रानामगरलाई पदबाट हटाउनका लागि संसद्मा उपसभामुख रानाविरुद्ध आचरणको प्रस्ताव दर्ता गराउने समाचार बाहिर आएपछि प्रतिपक्षका सांसद्हरुले चर्काे विराेध गरेका छन्।
मंगलबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार उपसभामुख रानालाई पदबाट हटाउन सत्तारुढ गठबन्धनले तयारी गरेकाे र संसद सुरु हुनुअगावै रानाविरुद्ध आचरणको प्रस्ताव दर्ता गराउने समाचार बाहिरीएकाे थियाे।
यस्तै आजकाे बैठकमा शहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथी छलफल गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने, सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन, २०८०/८१ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
सबै तस्बिरहरु: वर्षा शाह/ देशसञ्चार

तस्बिर: बर्षा शाह