
माेरङ – निवर्तमान मुख्यमन्त्री केदार कार्कीले ४२ दिनका शिवशंकर बहादुर शर्माको हातबाट पानी पिउँदै अनशन तोडेका छन्।
विराटनगरको देवकोटा चौकमा मंगलबारबाट अनसनमा बसेका कार्कीले विराटनगर ६ का ४२ दिनका शर्माको हातबाट पानी पिएर अनसन तोडेका हुन्।
विराट नर्सिंग होममा जन्मिएकी बालकलाई डिस्चार्ज गर्न रकम नपुगेर बन्धक बनाइएको जनाउँदै कार्कीले गुनासो गर्दै आएका थिए। पछि ती बालकलाई कार्कीकै अगुवाईमा अस्पतालबाट रकम तिरेर डिस्चार्ज गरिएको थियो।
यससंगै अनसन तोडाउन देवकोटा चौक पुगेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी र कार्कीबीच सहमति समेत भएको छ। काँग्रेस संसदीय दलका नेता उद्धव थापा र काँग्रेस मोरंग जिल्ला उपसभापति भक्तिनाथ माझीको रहोवर कार्की र मन्त्री घिमिरेबीच जनजीविकासंग प्रत्यक्ष सरोकार राख्ने जायज मागहरुमा प्रदेश सरकारले सहमति जनाउँदै सबै मागहरु मध्ये कतिपय माग सरकारको आर्थिक वर्ष ०८१।०८२ को बजेटमा रकम विनियोजन भई कार्यान्वयनका क्रममा रहेको र ती विषयहरु तत्काल कार्यान्वयन गर्ने तथा स्वास्थ्य जस्तो गंभीर विषयहरु समेत सहमति बनेको छ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले विभिन्न ९ वटा मागलाई प्रदेश सरकार बजेट र योजना कटौति गरेको जनाउँदै मंगलबारबाट आमरण अनसन सुरु गरेका थिए।
कार्की अनशसन बसेपछि प्रदेशसभा भवन रहेको देवकोेटा चोक क्षेत्रलाई प्रशासनले निषेधित क्षेत्र घोेषणा गर्दै उनलाई मंगलबार राति पौने ८ बजे नियन्त्रणमा लिएकोे थियो।
कार्कीलाई निवासमा लगेर छाडे पनि उनी लगत्तै फेरि अनशनस्थल फर्किएका थिए।