ठेहे गाएको रामदेश मावि ५९ औं वर्षमा ( फोटो फिचर )

ठेहे गाएको रामदेश मावि ५९ औं वर्षमा ( फोटो फिचर )
+
-

सिमकोट– सिमकोट गाउँपालिका– १ र २ को रामदेव माध्यामिक विद्यालय बुधवारबाट ५९ औं वर्षमा प्रवेश गरेको छ। विद्यालयको बार्षिक उत्सव एक कार्यक्रमको आयोजना गरि मनाईएको हो।

विद्यालयले आफ्नो ५९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक कार्यक्रमका बिच मनाएको विद्यालयका प्रधानाध्यापक टिकाराम पौडेलले बताए। माथिल्लो हुम्लामा घना वस्ती रहेको ठेहे गाउँको सो विद्यालय २०२२ सालमा प्राविका रुपमा स्थापना भएको थियो। पछि निमावि हुँदै माविका कक्षाहरु सञ्चालन भएको हो।

कार्यक्रमका सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले विद्यालयको पहिलो काम शैक्षिक क्षेत्रलाई सुधार गरेर राम्रो पठनपाठनको बाताबरण तयारी गर्नु पर्ने बताए। यसको बिधार्थी, शिक्षक, अभिभावक र विद्यालय ब्यवस्थापन समितिले बिशेष ध्यान दिन आवश्यक रहेको उनको भनाई थियो।

आफू पनि सोही विद्यालयको उत्पादन भएको बताउदै उनले गुणात्मक शिक्षाको खाँचो रहेको बताए। त्यसैगरि कार्यक्रममा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन बिक्रम सिंहले विद्यालय शिक्षाको मन्दिर भएको र यसबाट प्रत्येक वर्ष नयाँ जनशक्ति उत्पादन हुने भएकोले ती जनशक्ति गुणात्मक हुन आवश्यक रहेको बताए। उनले आफु दक्षिणी क्षेत्रको भएपनि विद्यालयको बार्षिक उत्सवका सहभागी हुन पाउँदा खुसी लागेको र आफ्नो तर्फबाट यसै वर्ष विद्यालय सुधारका लागि केही सहयोग गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमका काँग्रेस उपसभापति कैलाश भण्डारीले सवै पक्ष मिलेर विद्यालयको शैक्षिक अवस्था सुधार गर्न आवश्यक रहेको बताए। पछिल्ला वर्षहरुमा रामदेव माविको शैक्षिक अवस्था खस्कदो रहेकोमा अव त्यसलाई सुधार गर्नु पर्ने उनले बताए। मओवादी सचिव धर्मराज बोहराले हालसम्म धेरै राम्रा राम्रा जनशक्ति विद्यालयबाट उत्पादन भइरहेको र अव पनि गुणत्मक जनशक्ति उत्पादन हुने शिक्षा विद्यालयमा दिन आवश्यक रहेको उनले बताए।

उक्त वडाका वडा अध्यक्ष देवजन बोहराले आफू विद्यालयमा शिक्षा सुधारका लागि जहिल्यै पनि लाग्ने बताए। पत्रकार महासंघका अध्यक्ष राजन रावतले विद्यालयको शैक्षिक अवस्था खस्कदो रहेकोमा चिन्ता ब्यक्त गरेर विद्यालयका प्रधानाध्यापक पौडेलले समग्र विद्यालयको अवस्थाका वारेका प्रतिबेदन पेश गरेका थिए। कार्यक्रममा आव ०८०।०८१ म विद्यालयको आयमा एक करोड २४ लाख ३१ हजार ४९ रुपैयाँको आम्दानी र एक करोड १० लाख ३९ हजार ८७५ रुपैयाँको खर्च भएको र वैंक मौज्दात १५ लाख ६७ हजार ४९ रुपैयाँ रहेको जनाइएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयमान बोहराको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो। बिधार्थीहरुले नृत्यहरु र देउडा गाउने कार्य समेत गरेका थिए। कक्षामा गतवर्ष प्रथम, द्धितीया, तृतीया हुने, विद्यालयले सञ्चालन गरेका खेलकुद गतिविधिहरुमा विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको थियो। रलिङ माविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलबहादुर भण्डारी, सामाजिक बिकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत लगाएतले मन्तव्य दिएका थिए। कार्यक्रम छ घण्टासम्म सञ्चालन भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?