जिरीको सौन्दर्य उजागर गर्न सुरु भयाे ‘क्यानभासमा जिरी चित्रकला प्रदर्शनी

जिरीको सौन्दर्य उजागर गर्न सुरु भयाे ‘क्यानभासमा जिरी चित्रकला प्रदर्शनी
+
-

काठमाडाैँ- पर्यटकीय नगर जिरीको सौन्दर्यलाई अझ बढी उजागर गर्नका लागि शुक्रबारबाट काठमाडाैँमा क्यानभासमा जिरी चित्रकला प्रदर्शनी सुरु भएकाे छ।

काठमाडाैँकाे नयाँ बानेश्वरमा रहेकाे उमोजा क्याफे, एन.बि सेन्टरमा भएकाे प्रदर्शनी तीन दिनसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन्। 

प्रदर्शनीमा ६ जना कलाकारहरु केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पाली सहभागी छन्।

कलाकारले एक्रेलिक र जलरङ वाटर कलरको प्रयोग गरि चित्र सृजना गरेका छन्।  कार्यशाला र प्रदर्शनीमा कलाकारहरुको संयोजन केशवराज खनालले गरेका हुन्।

टुरिजम प्रमोसन फोरम नेपालका अध्यक्ष लिलाराम खड्‌का भन्छन् , ‘कुनै बेला सगरमाथाको प्रवेशद्वारका रुपमा परिचित जिरी यतिबेला पर्यटक कुरेर बसेको छ। आफ्नो प्राकृतिक र भौगोलिक सौन्दर्य देखाउन आतुर छ। जिरीको सांस्कृतिक विविधता र जिरेल सहितको मिश्रित जनजीवनले स्वदेशी र विदेशी पाहुनालाई स्वागत गर्न आतुर छ।  यहाँका ताल तलैया, झरना, मठ मन्दिर, गुम्बा, प्राकृतिक उद्यानहरू, हिमाली भूभागका हिँउ, याक आदिले तपाईंलाई पर्खिरहेका छन्। अमूल्य जडिबुटीहरुले लहराउँदै बोलाईरहेका छन् । जिरीको वास्तुकला र मौलिक संस्कृतिहरुले आमजनलाई खुला आह्वान गरिरहेका छन्। यसै कारण जिरीको सांस्कृतिक र भौगोलिक विविधतासँग तपाइँहरुलाई परिचित गराउने उद्देश्य सहित यो प्रदर्शनीको आयोजना गरिएको हो।’

सबै तस्बिरहरु: वर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?