आमाको नाममा पुरस्कार स्थापना

आमाको नाममा पुरस्कार स्थापना
+
-

काठमाडौं-प्राध्यापक तथा गायिका स्वर्गीय शोभा तिवारी (लोहनी)को ६६औँ जन्मदिनको अवसरमा लोक संगीतका क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने दुई जना स्रष्टालाई सम्मान गरिएको छ।

नेपाली लोक संगीतका प्राध्यापक तथा वरिष्ठ लोक वाद्यवादक न्हुच्छेबहादुर डंगोल तथा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सम्मान गरिएको हो।

उक्त अवसरमा संगीतकार लोहनीका छोरा आशिष तिवारी एवं छोरीद्वय ऋृचा श्रेष्ठ तिवारी तथा स्मृति शर्मा तिवारीले ‘शोभा–अर्जुन संगीत कोष’ गठन गरेको जानकारी दिए। उक्त अक्षय कोषमा दुई लाख रुपैयाँ जम्मा गरिसकिएको जानकारीसमेत दिइएको थियो।

हरेक वर्ष उक्त कोष रकमको बैंकबाट आउने व्याजबाट नेपाली लोक संगीतका एकजना विद्यार्थीलाई छात्रवृत्ति दिइने जानकारी ऋृचा श्रेष्ठ तिवारीले दिएको थियो। उक्त कार्यक्रममा ’शोभाका स्मृतिहरू’ नामक वृत्तचित्र पनि प्रर्दशन गरिएको थियो।

उक्त अवसरमा लोहनीले गाएका गीतको सिडी विमोचित गरिएको थियो। क्यान्सर रोगबाट मृत्यु भएकी लोहनीद्वारा गाइएका केही गीतहरू श्रद्धाञ्जलि स्वरूप उनका विद्यार्थीहरूद्वारा गाइएका थिए।

कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवसले लोहनीलाई आफ्नो विद्यार्थीका रुपमा सम्झिदै भनिन्, ‘शोभा प्राध्यापकको रूपमा मात्र नभई गायिकाको रूपमा समेत स्थापित भए पनि सधैँ छायामा परेको कुराले आफूलाइ दुःखी बनाउने गरेको बताए।

डा. दिवसले नेपालको सांस्कृतिक मूल्य र मान्यताहरूको जगेर्ना गर्नु आजको आवश्यकता रहेको बताए। उनका अनुसार जबसम्म नेपालको संस्कृतिको जगेर्ना गर्न सकिँदैन, तबसम्म स्रष्टाको उचित सम्मान हुन सक्दैन।

कार्यक्रममा प्रसिद्ध संगीतकार दीपक जंगमले शोभाका एक दर्जन भन्दा बढी आधुनिक गीत रहेको जानकारी दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?