
काठमाडाैँ- आज विश्वकर्मा पूजा। भगवान विश्वकर्माको पूजा गर्न काठमाडौँको भद्रकाली लगायतका स्थानहरूमा भीड रहेको छ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।
आज पूजा गरिएको मूर्तिलाई भोलिपल्ट नदीमा सेलाइने गरिन्छ। कलकारखानालाई विशेष रूपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ।
थप तस्बिरहरु: वर्शा शाह/देश सञ्चार