सहकारीकाे रकम असुरक्षित गर्नेहरूलाई दण्डित गर्नुपर्छ: एमाले महासचिव पाेख्रेल

सहकारीकाे रकम असुरक्षित गर्नेहरूलाई दण्डित गर्नुपर्छ: एमाले महासचिव पाेख्रेल
+
-

दाङ- नेकपा एमालेका महासचिव शंकर पाेख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कमजाेरी स्वीकार्ने ठाउँमा उल्टै क्लिनचिट पाएकाे हल्ला गर्नु उचित नभएको बताएका छन्।

प्रेस चाैतारी नेपाल दाङले शनिबार घाेराहीमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा महासचिव पाेख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानकाे प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिनचिटकाे हल्ला चलाउनु उचित नभएकाे बताएका हुन्।

`अनुसन्धानकाे प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले´उनले भने,`सहकारीकाे रकम असुरक्षित गर्नेहरुलाइ दण्डित गरिनुपर्छ। सहकारीकाे सदस्य नरहेका व्यक्ती र कम्पनीलाई लगानी गर्न मिल्दैन। अनुचित तरिकाबाट लगानी भित्र्याएकाे पुष्टि भयाे। विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हाे। विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हाे।´

महासचिव पाेख्रेलले काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन कति सफल, कति असफल उनले गरेका कामहरु हेर्नुपर्ने बताए। ‘देशभरका महानगरपालिकामध्ये सबैभन्दा कमजाेर छ काठमाडौं। हेर्ने त त्यही हाेला नि' उनले भने, ‘राजधानी सबैकाे सुरक्षित स्थल हुन सकेन। गरीब, निमुखाकाे काठमाण्डौं हुन सकेन।´

बालनेकाे चर्चाकाे आधार अराजकता भएको टिप्पणी महासचिव पाेख्रेलकाे छ।`अराजक बिद्राेही चरित्रलाई आदर्श मान्ने प्रवृत्ति बढ्न थाल्याे। याे राम्रो संकेत हाेइन,´उनले भने, `आफुलाइ जे मन लाग्याे त्यहीँ गर्ने कुरा राजनीति हाेइन।´

लाेकतन्त्रलाई कमजाेर पार्नेगरी वर्तमान सत्ता समीकरणकाे बारेमा हल्ला फैलाउन खाेजिएकाे टिप्पणी महासचिव पाेख्रेलकाे छ।`वर्तमान सरकार १०० दिन नपुग्दै प्रतिपक्ष दल नेताबाट संसदमा व्यक्त गरिएको घृणा युक्त, असंसदीय र अराजनीतिक वक्तव्यले संसदमा अवराेध खडा गर्ने काम भयाे,´उनले भने,`एमाले र कांग्रेस एक्ला एक्लै चुनाव लड्ने कुराले माओवादी अध्यक्षमा छट्पटी छुटायाे। संसदबाट नयाँ सरकार गठनकाे विकल्प दिन सकिदैन। नेपाली कांग्रेस र एमाले भन्दा बलियाे भएर देखाए भयाे त।´

स्वार्थमा आधारित चुनावले सही निकास दिन नसक्ने उनले बताए। `राजनीति भनेकाे जनताकाे विश्वास जित्ने कुरा हाे। नेकपा माओवादीले म्याजिक नम्बर देखाएर दलहरुकाे वीचमा खेल्नु भन्दा जनताकाे विचमा जानु राम्रो कुरा हाे,´उनले भने,`प्रयाेगशालाकाे चिन्तनबाट नेपाली समाजलाई मुक्त बनाउनु पर्छ। राजनीति फरक खालकाे संघर्षकाे विधा हाे। राजनीति समर्पन, त्याग र बलिदानकाे क्षेत्र हाे।´

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?