
एकपछि अर्को निरन्तर इजरायली आक्रमणका कारण अप्रत्याशित संकटमा परेको लेबनानको ‘हिजबुल्लाह’ समूह आफ्ना नेता जोगाउन समेत असक्षम सावित भएको छ। शुक्रबार हिजबुल्लाहविरुद्ध अर्को ठूलो आक्रमण गर्दै लेबनानको राजधानी बेरुतमा इजरायलले हिजबुल्लाहका एक शीर्ष कमान्डरको हत्या गरेको छ।
इजरायली सेनाले आफ्नो हवाई आक्रमणमा हिजबुल्लाहका बरिष्ठ नेता इब्राहिम अकीललाई मारेको बताएको छ र त्यसको पुष्टि हिजबुल्लाहले पनि गरेको छ। अकील हिजबुल्लाहको अपरेसन टोली र यसको विशेष बलको नेतृत्व गरिरहेका कमान्डर हुन्। उनीसँगै लगभग १० अन्य वरिष्ठ कमान्डरहरू पनि मारिएको दाबी गरिएपनि पुष्टि भएको छैन्। उनीहरू बेइरुतको दक्षिणी उपनगरमा भूमिगत जमघटमा सहभागी भएको अवस्थामा आक्रमण भएको बताइएको छ।
लेबनानको स्वास्थ्य मन्त्रालयले कम्तीमा १४ जनाको मृत्यु र ६६ जना घाइते भएको रिपोर्ट सार्वजानिक गरेको छ।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतक संख्या बढ्न सक्ने जनाइएको छ। यस हमलाले हिजबुल्लाहका लागि ठूलो झट्का दिएको छ।
यो समूह पहिले नै दक्षिणी लेबनानमा एक हप्तासम्म चलेका हवाई आक्रमण र गोप्य आक्रमणहरूबाट प्रभावित हुँदै आएकोमा पछिल्ला आक्रमणले संगठननै हल्लिएको दाबी इजरायलको छ। इजरायलको आक्रमणहरूका कारण समूहका हजारौं सदस्यहरूले बोक्ने विद्युतीय उपकरणहरू लगभग एकैसाथ विस्फोट भएर नष्ट भए।
इजरायलका रक्षामन्त्री योव गालान्टले सेनाले हिजबुल्लाहको संरचनात्मक क्षमतालाइ समाप्त गर्ने गरी कारबाही गरेको बताए। उत्तरी क्षेत्र अधिकांश मानिसहरूले आक्रमण डरले भागेका छन्। शुक्रबारको आक्रमणले हिजबुल्लाहको ठूलो उपस्थिति रहेको दक्षिणी उपनगरको आवासीय क्षेत्रमा खैरो धुवाँको मुस्लोमा परिणत भएको थियो।
अमेरिकाले आतंकवादी सूचीमा राखेको इब्राहिम अकील हिजबुल्लाहको शीर्ष सैन्य परिषद्को सदस्य थिए। अमेरिकाले उनलाई सन् १९८३ मा बेइरुतमा अमेरिकी मरीन ब्यारेकमा भएको बम विस्फोट र १९८० को दशकमा अमेरिकनहरूलाई अपहरण गरेको घटनासँग जोडेर आतंकवादी घोषणा गरेको थियो। अमेरिकी विदेश मन्त्रालयले अकीलबारे जानकारी दिनेलाई ७ मिलियन डलरसम्मको पुरस्कार घोषणा गरेको थियो।
इजरायली सेना प्रवक्ता ड्यानियल हागारीले हिजबुल्लाह नेता हसन नसरल्लाहलाई संकेत गर्दै भने, ‘इब्राहिम अकील एक वरिष्ठ कमाण्डर हुन, जो नसरल्लाहसँग सबैभन्दा नजिक रहेका थिए।’ अब, हिजबुल्लाहले इजरायलले आफ्नो रकेट र ड्रोन आक्रमणहरू रोक्ने प्रयासलाई तीव्र बनाएसँग थप आक्रमण झेल्नु पर्ने जोखिम छ।
हिजबुल्लाहले उत्तरी इजरायलबाट ५०,००० भन्दा बढी मानिसहरूलाई विस्थापित गर्न बाध्य बनाएको थियो। हिजबुल्लाहले पनि उत्तरी इजरायलमा विस्फोटक ड्रोनहरू सहितको प्रत्याक्रमण गरिरहेको छ।
बाइडेन भन्छन् दक्षिणी लेबनानका मानिसलाई सुरक्षीत घर फर्किन दिनु पर्छ
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार उत्तर इजरायल र दक्षिणी लेबनानका मानिसहरूलाई आफ्ना घरमा फर्किन पाउनु पर्ने बताएका छन्। उनले गाजामा युद्धविराम अझै सम्भव भएको तर आफ्नै कार्यकालमा हुनेमा भने उनी विश्वस्त नदेखिएको बताइएको छ।
यसैबिच अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले यसै सप्ताहन्तदेखि इजरायल, कतार र साउदी अरेबियाको भ्रमणको आफ्नो योजना रद्द गरेका छन्। मध्यपूर्वमा बढ्दो युद्वबिच उनले आफ्नो भ्रमण रद्द गरेका हुन्। वाशिंगटनका नजिकका धेरैले अरब सहयोगीहरू र साझेदारहरूले सम्भावित इजरायली आक्रमणको डर व्यक्त गरेका छन्। उनीहरूका अनुसार यसले क्षेत्रभर अशान्ति निम्त्याउन सक्ने बताइएको छ।
हिजबुल्लाहका नेता हसन नसरल्लाहले बिहीबारको अहिले सम्मकै कठिन आक्रमणको सामना गर्नु परेको बताएका थिए। उनले भने ‘कुनै शंका छैन कि हामीलाई एक प्रमुख सुरक्षा र मानवीय आक्रमणको सामना गर्नुपरेको छ, जुन कम्तीमा लेबनानको प्रतिरोधको इतिहासकै अभुतपूर्व हो।’
अब हिजबुल्लाहका लागि सबैभन्दा ठूलो चुनौती भनेको सञ्चार प्रणाली पुनःस्थापित गर्नु हो, किनकि उपकरणहरूमा भएको व्यापक क्षति र समूहका सञ्जालहरूमा देखिएको घुसपैठ भएको आशंकाले स्थिति जटिल बनाएको छ।
यो आक्रमणले इजरायलले हिजबुल्लाहमाथि एक शक्तिशाली मानसिक र रणनीतिक झट्का दिएको छ। यो विनाशकारी समेत रहेको इस्ट विशेषज्ञ र लन्डन स्कूल अफ इकोनोमिक्सका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक फवाज गर्जेसले भने।
अब हिजबुल्लाह के गर्छ?
प्राध्यापक फवाजकाअनुसार हिजबुल्लाहले अनपेक्षितरुपमा भोगेको यो आक्रमणबाट आफूलाई माथि उठाउनलाई निकै मिहिनेत गर्नु पर्ने छ। यद्यपि उसका लागि प्रारम्भिक चुनौती भनेको आफ्ना लडाकुहरुलाई कम्युनिकेशन मार्फत एकताबद्व कसरी गर्ने भन्ने हो। साथै इजरायलको थप आक्रमणबाट जोगिनु उसको अहिलेको मुख्य कार्य हो। तत्काल उसले इजरायलमा ठुला प्रत्याक्रमणको सम्भावना कमजोर रहेको उनको भनाइ छ।
त्यसोत इजरायलले हिजबुल्लाहमाथि अनेपेक्षीत रुमपा गरेको आक्रमणले सिंगो अरब क्षेत्रनै त्रशित बनेको र यस्तोमा इजरायलको मनोबल उच्च भएको छ। तर यो आक्रमणले अरबियनहरुलाई एकताबद्व बनाउने र यदि इजरायलले थप आक्रमण गर्दै अरब विश्वलाई धावा बोलेमा सिंगो अरब विरुद्ध इजरायल युद्धको खतरा मडारीएको विश्लेषण हुन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यामको सहयोगमा