अ
+
अ
अ
-
वासिङ्टन-अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबै सुरक्षा सहयोग बन्द गरेको छ। अमेरिकी विदेश मन्त्रालयले इस्लामाबादले अफगान तालिबान र हक्कानी नेटवर्क जस्ता आतंकवादी संगठनलाई कारबाही नगरेसम्म सहयोग स्थगित गरेको बिहीबार स्पष्ट पारेको छ।
नयाँवर्षको सम्बोधनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पाकिस्तानले झूट र छलपूर्ण काम गरिरहेको बताएका थिए। त्यतिखेर नै साढे २५ मिलियन अर्ब अमेरिकी डलर रकम बराबरको सहयोग बन्द गर्ने घोषणा उनले गरेका थिए।
पाकिस्तानले अमेरिकालाई सधैं मूर्ख बनाउन खोजेको भन्दै उनले आलोचना गरेका थिए ।
ती आतंकवादी संगठन उन्मूलन नभएसम्म दक्षिण एशियामा शान्ति र स्थिरता नहुने अमेरिकी बुझाइ छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता हिथर नोएर्टले भनिन्, ‘पाकिस्तानलाई दिइँदै आएको ठ्याक्कै कति रकममा रोक लगाइएको छ भन्न सकिँदैन। अमेरिकी प्रशासनले तथ्यांक निकालिरहेको छ।’
पाकिस्तानले आतंकवादी समूहविरुद्ध तत्काल निर्णायक कारबाही गरेमा अमेरिकी सरकार केही लचक हुनसक्ने उनले बताइन्।
प्रवक्ताले भनिन्, ‘पाकिस्तानलाई दिइने सहायता रोकिएको छ। दक्षिण एशियाली क्षेत्रमा अस्थिरता फैलाइरहेका आतंकवादीलाई सहयोग दिने काम बन्द हुनुपर्छ। उनीहरूले नै अमेरिकी सैनिकलाई निशाना बनाइरहेका छन्।’
अफगानिस्तान भ्रमणमा रहेका बेला अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि अफगान तालिबानलाई पाकिस्तानले सहयोग गरिरहेको बताउँदै इस्लामाबादको आलोचना गरेका थिए।
यो पनि हेर्नुहोस्: