लगातारको हारले संकटमा धकेलियो नेपाल, लिग-२ मा गुमायो क्यानडासँगका दुवै खेल

लगातारको हारले संकटमा धकेलियो नेपाल, लिग-२ मा गुमायो क्यानडासँगका दुवै खेल
+
-

काठमाडौं- विश्वकप लिग-२ मा नेपालको क्यानडा भ्रमण निकै खराब बनेको छ। क्यानडामा तीन खेल खेलिसकेको नेपालले सबै खेल हारेपछि अब अंक तालिकाको पुछारमा धकेलिने जोखिम बनेको छ। अब नेपालले ओमानसँग अन्तिम एकदिवसीय खेल बाँकी रहँदा नेपालको ब्याटिङ निरासाजनक रह्यो।

लगातार खराब ब्याटिङले पिरोलिएको नेपाल आइतबार राति भएको खेलमा पनि बलरहरुको ब्याटिङले केही समानजनक स्कोर बनाउन सकेको थियो। तर प्रतिस्पर्धात्मक स्कोर तयार गर्न नसक्दा क्यानडाले सहज रुपमा पाँच विकेटकको जित निकाल्यो।

क्यानडा नेपालसँगको महत्त्वपूर्ण ४ अंकपछि ११ खेलबाट १४ अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ। यद्यपि, तुलनात्मक रुपमा सहज मानिएको यो सिरिजमै नेपालले लय गुमाएपछि बाँकी दिन झनै कठिन छ। यसपछि अमेरिकी सिरिज खेल्ने तयारीमा रहेको नेपालले त्यहाँ स्कटल्यान्ड र अमेरिका समिलित सिरिजमा प्रतिस्पर्धा गर्नेछ।

तर अब क्यानडा सिरिजको अन्तिम खेल बाँकी रहँदा अर्को खराब लयमा रहेको ओमानसँग २ अंक नलिने हो भने नेपाल अंकतालिकाको पुछारतर्फ धकेलिने छ। नेपाल र युएइको समान २ अंक रहँदा युएइले ५ मात्र खेल खेलेको छ। नेपालले भने ७ खेल खेलेको छ। यी दुई टोली पुछारमा रहेका छन्।

आइतबार टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.१ ओभरमा अलआउट हुँदै १ सय ८१ रनमा समेटियो। नेपालका लाग सन्दीप लामिछानले ४९ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्यको प्रदर्शन दयनीय रह्यो। उनी बाहेक गुल्सन झाले ३४ रन बनाउँदा करण केसीले २४ रन बनाए। त्यस्तै सोमपाल कामीले २१ रन बनाए। तर अघिल्लो क्रमले निरास मात्र बनायो।

३६ रन जोड्दा नेपालले आफ्ना आधा टोली गुमाएको थियो। अर्जुन साउद, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, आरिफ शखे र अनिल शाहा कसैलेपनि क्रिजमा गतिलोसँग आफूलाई संकटमा उभ्याउन सकेनन्। नेपालको इनिङलाई ध्वस्त बनाउन कलिम सानाले ३ विकेट लिँदा डिलोन ह्यालीघर, हर्ष थकरले २-२ विकेट लिए। त्यस्तै, प्रभिन कुमार र साद विन जफरले १-१ विकेट लिएका थिए।

जवाफमा क्यानडाले नेपालले दिएको १ सय ८२ रनको लक्ष्य ४२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। तर राम्रो सुरुवात गरेको उसले कुनैपनि बेला दबाब महसुस गर्नु परेन। नभनित धलीवाला र प्रगत सिंहले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याएका थिए। धलीवाल ८७ रनमा आउट हुँदा प्रगत ६४ रनमा पेभिलियन फर्किएका थिए।

नेपालका लागि सन्दीपले २ विकेट लिँदा करण केसी, ललित राजवंशी र गुल्सन झाले समान १-१ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?