
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको विरोधमा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ।
प्रसाईंका समर्थकहरुले सोमबार दिउँसो विरोध प्रदर्शन गरेका हुन्। उनलाई तत्काल रिहा गर्न उनीहरुले माग गरेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरस्थित प्रसाईंको घरबाट उनलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध उजुरी परेपछि साइबर अपराधको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।