
काठमाडौं- नेपालको पहिलो खेल सम्बन्धि च्यानल एक्सन स्पोर्ट्सले देश भित्र र देश बाहिर भएका खेलहरुलाई समेट्दै पत्यक्ष प्रसारण गर्ने भएको छ।
भर्खरै सम्पन्न भयको फिफा बिश्वकपलाइ समेत प्रत्यक्ष प्रशारण गरेको एक्शन स्पोर्ट्सले नेपालीले खेल्छ, नेपालीले हेर्छ भन्ने नारा सहित हाल भइरहेको साफ सुजुकीकप २०१८ लाइ पनि प्रत्यक्ष प्रशारण गरिरहेको छ।
दक्षिण एशियाका ७ रास्ट्रहरु सहभागी यो प्रतियोगिता भाद्र १९ देखि सुरु भइ भाद्र ३० सम्म चल्नेछ, प्रतियोगिताका सबै खेलहरु उक्त एक्शन स्पोर्ट्स च्यानल नम्बर १०५ र ९९१मा एच डि पिकचार क्वालिटिमा हेर्न सकिने छ।
आफ्ना ग्राहकहरुको बिश्वाश र रुचिअनुसार भविष्यमापनि नेपाल भित्रका र नेपाल बाहिर हुने खेलहरुलाई प्रत्यक्ष प्रशारण गरिने कुरा कम्पनीले उल्लेख गरेको छ।
एच डि प्रविधि र क्लियर साउण्ड क्वालिटीमा प्रशारण गरिने खेलहरु उपभोक्ताको रोजाइमा पर्दै आएको छ।