
मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन्। वीर अस्पतालबाट साइबर ब्युराे लगिएका उनलाई पछि बयानका लागि सरकारी वकिलकाे कार्यालय लगिएकाे थियाे।
सरकारी वकिलकाे कार्यालयमा बयानपछि उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएकाे छ।
प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सर्वोच्च अदालतले मंगलबार नेपाल प्रहरी र सरकारसँग दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण माग पनि गरेको छ । प्रसाईका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रहरीको साइबर ब्यूरो र जिल्ला अदालत काठमाडौंसँग प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण माग गरेको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
तस्बिरहरू: