प्रधानन्यायाधीश श्रेष्ठले जाँदाजाँदै न्यायाधीश नियुक्त गर्न खोजेको भन्दै बार प्रतिरोधमा उत्रियो (तस्बिरहरु)

प्रधानन्यायाधीश श्रेष्ठले जाँदाजाँदै न्यायाधीश नियुक्त गर्न खोजेको भन्दै बार प्रतिरोधमा उत्रियो (तस्बिरहरु)
+
-

काठमाडौँ– अवकाश पाउन लागेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति गर्न खोजेको भन्दै नेपाल बार एसोसिएसनले बुधबार विरोध प्रदर्शन गरेको छ। 

न्याय परिषद् बैठक बस्ने तयारी गरेपछि बारले यसको प्रतिरोध गरेको हो।

बार एसोसिएसनका पदाधिकारीसहित सदस्यहरुले श्रेष्ठको कदमप्रति आपत्ति प्रकट गर्दै विरोध प्रदर्शन गरेका छन्।

 न्याय परिषदले आफूसँग समन्वय नगरी उच्च अदालतमा न्यायाधीश नियुक्त गर्न खोजेको भन्दै नेपाल बार एसोसिएसन विरोधमा उत्रेको छ।

असोज २० गतेदेखि अवकाशमा जान लागेका प्रधानन्याधीश तथा न्याय परिषदका अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठले बुधबार दिउँसो १ बजे बैठक राखेर न्यायाधीश सिफारिस गर्न खोजेपछि बारले प्रतिरोध गरेको हो। 

नेपाल बारका अध्यक्ष गोपाल कृष्ण घिमिरेले बारसँग समन्वय नगरी न्यायाधीश सिफारीस गर्नु आपत्तिजनक रहेकाले डटेर सामना गर्ने बताए।

घिमिरेले न्याय परिषद् नियमावली संशोधनको सन्दर्भमा भएको विवाद समाधान नगरी अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश सिफारिस गर्नु उचित नहुने बताए। उनले देश सञ्चारसँग कुरा गर्दै भने, ‘नियमावली संशोधनको विवाद थाँती राखेर गर्न लागिएको न्यायाधीश सिफारिस रोकिनुपर्छ। हामी परिषद बैठक बाहिर धर्ना दिँदै छौँ।’

तस्बिरहरु:

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?