
काठमाडौं- काठमाडौं उपत्यकाका खोलाको मापदण्ड पुनरावलोकन सम्बन्धि मुद्दाबारे बिहीबार सर्वोच्च अदालतमा पेशी चढेपछि पीडितहरूले माइतीघरमा प्रदर्शन गरेका छन्।
खोला किनारमा थप २० मिटर छाड्नुपर्ने भनी सर्वोच्चले गरेको फैसलाको विरोध गर्दै त्यसलाई सच्याउन माग गर्दै पीडितहरू माइतीघर पुगेका हुन्।
यता, आज बहस हुने भनिएको मुद्दामा सर्वोच्चको ‘हेर्न नमिल्ने’मा परेकाे छ। पुनरावलोकनका लागि निस्साका लागि न्यायाधीशहरु सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी परे पनि ‘हेर्न नमिल्ने’मा परेको सर्वोच्चले जनाएको छ।
उपत्यकाका नदी तथा खोलाको थप मापदण्ड खारेज गर्न माग गर्दै सर्वोच्चले फैसला गरेलगत्तै पीडितहरूले निरन्तर आन्दोलन तथा विरोधका कार्यक्रमहरू गरिरहेका छन्।
संघर्ष समिति नै गठनगरी पीडितहरूले आन्दोलन गरिरहेका हुन्। काठमाडौं महानगरले सर्वोच्चको आदेश मान्न निर्देशन दिएपछि पीडितरहरू महानगरमाथि पनि खनिएका थिए।
प्रदर्शनमा सहभागीले अन्यायपूर्ण सडक विस्तार खारेज गर, सार्वजनिक जग्गा खोला अतिक्रमणलाई बन्द गर, गैरन्यायिक नदी २० मिटर मापदण्ड खारेज गरलगायतका पम्प्लेट बोकेका छन्।
-यस समाचारमा यसअघि अन्यथा भएकाले सच्याइको छ।
थप तस्बिरहरू: