
काठमाडौँ- ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा खाएको आरोप लागेपछि उनलाई जिम्मेवारीबाट हटाइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको उक्त कार्यालयकी प्रमुख किरण वज्राचार्यले जानकारी दिइन्।
बलात्कार मुद्दाका पीडितलाई फसाइदिन्छु भन्दै ३० लाख रुपैयाँ खाएको आरोप उनीमाथि लागेको छ। ‘उनीमाथि आरोप आएकाले हामीले जिम्मेवारीबाट हटाएर घटना छानबिनका लागि समिति बनाएका छौँ,’ उपत्यका प्रहरी कार्यालयकी प्रमुख वज्राचार्यले देशसञ्चारसँग भनिन्।
घटनाको छानबिनका लागि ललितपुर प्रहरीका डीएसपी नरहरि आचार्यधको संयोजकत्वमा छानबिन समिति बनाइएको छ।
हनी ट्रयापको घटनामा बलात्कारमा फसाइदिने भन्दै इन्स्पेक्टर शाहीले एक युवतीसँग मिलेर ३० लाख पैसा लिएको स्रोतले दाबी गरेको छ।