
काठमाडौँ – आगामी दशैंको अवशरमा नेपालभर रिलिज हुन लागेको चलचित्र ‘जयभोले’लाई जगदम्बा सिमेन्टले अफिसियल्ली समर्थन गरेको छ ।
नेपालका दिज्गज चलचित्र निर्देशक अशोक शर्मा द्वारा निर्देिशत उक्त चलचित्रमा खारियका अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने र लोक प्रियनायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन।
कमेडी प्रेम कथामा आधारिक ‘जयभोले’मा लोक प्रिय हास्यकलाकार राजाराम पोडेलको हास्यरस भरपुर मात्रामा देखाइयको छ । जगदम्बा सिमेन्टको यो समर्थनले नेपाली चलचित्र क्षेत्रको विकासमा केही मात्रामा भय पनि योगदान पुग्ने जगदम्बाको विश्वास छ।
बिगतमा पनि यस्ता प्रकारका समर्थनहरु गर्दै आएको जगदम्बा सिमेन्टले नेपालिचलचित्रको स्तरोन्नतिमा रचनात्मक भूमिका खेलेको र भविष्यमा पनि यस्ता कार्यहरुलाई निरन्तर अघि बढाउने उल्लेख गरेको छ।
जगदम्बा सिमेन्ट नेपालको एक मात्र ओपीसी, पीपीसी र पीएससी सिमेन्ट उत्पादक कम्पनि हो।