
काठमाडौँ – यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको र देशभरका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ उपत्यकामा समेत बिहीबार रातिदेखि लगातार वर्षा भइरहेको छ। वर्षाका कारण उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढेको छ।
यस्तै, काम विशेषले घरबाहिर निस्किनु पर्ने मानिसहरु छाता, रेनकोट ओढेर निस्किएका छन्।