
काठमाडौँ – भारी वर्षापछिको बाढीले राजधानी काठमाडौँमा वितण्डा मच्चाएको छ। बाढीमा परेर काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ।
विगत तीन दिनदेखि परिरहेको अविरल वर्षाका कारण राजधानीका विभिन्न स्थान डुबानमा परेका छन् भने सवारीसाधनको आवागमन र विद्युत् प्रवाहमा समेत समस्या भएको छ।
शनिबार वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरू डुबानमा परेपछि सुरक्षाकर्मीहरु उद्धारमा खटिएका छन्। विभिन्न सरकारी तथा निजी कार्यालय, विद्यालय, बजारक्षेत्र, अस्पताललगायतका स्थानहरु डुबानमा परेका छन्।