भक्तपुर विपद् अपडेटः पहिरोमा परेर पाँच जनाको मृत्यु, ४१ जनाको उद्धार

+
-

भक्तपुर– अविरल वर्षाका कारण आज भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलाँसे र वडा नं ८ नैचालमा पहिरो जाँदा पाँचजनाको मृत्यु भएको छ। पलाँसेस्थित मगरगाउँमा पहिरोले जस्ताको टहरा पुरिँदा कालीकोट सानी त्रिवेणी नगरपालिका–१ घर भई हाल सूर्यविनायक–९ पलाँसे बस्ने गणेश बमको एकै परिवारका तीनजनाको मृत्यु भएको हो।

पहिरोमा एकाघरका बमकी ९ महिनाकी गर्भवती श्रीमती २४ वर्षीया दमिला शाही, बमकी ४ वर्षीया छोरी रिया बम र साली १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको छ।

त्यसैगरी, सूर्यविनायक नगरपालिका–९ नैचाल पहिरोमा परी एकै परिवारका दुईजनाको मृत्यु भएको छ। पहिरामा ३७ वर्षीया मनु तामाङ र ५० वर्षीया मसली तामाङको मृत्यु भएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

त्यस्तै, बालकोट गोदाबरी खोलाले बगाएको ३९ वर्षीया लालु सरदार र गुण्डु बस्ने ४१ वर्षीया सानु तामाङलाई गुण्डुस्थित धोवी खोलाले बगाउँदा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनीमणि अधिकारीले जानकारी दिए। उनले कौशलटार हनुमन्ते खोलाका जोखिममा रहेका बस्तीका १३० जनालाई उद्धार गरी स्थानीय जनप्रेमी स्कुलमा राखिएको छ।

भक्तपुरको जगाती आदर्शस्थित सिद्धि स्मृति अस्पतालमा उपचाररत दुईजनाको उद्धार गरी भक्तपुर अस्पताल लगिएको छ। भक्तपुरका विभिन्न स्थानको र पहिरोको जोखिममा रहेका २० महिला र २१ पुरुष, बालबालिका गरी ५६ जनाको सकुशल उद्धार गरिएको सहायक प्रजिअ निरौलाले बताए।

जिल्लामा विपद्का घटनामा खोज तथा उद्धारका लागि नेपाल प्रहरीका ३५०, सशस्त्र प्रहरी बलका १७१ र नेपाली सेनाका ११७ जना सुरक्षाकर्मी परिचालनन गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए। उनले वर्षाका कारण डुबान, बाढी पहिरोको जोखिम थप बढेकाले अति आवश्यक काममा बाहेक घरबाट ननिस्कन र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। बाढीको अवलोकन गर्ने क्रममा उहाँले सबै पुलहरु उच्च जोखिममा परेकाले नदीका पुलहरूमा नबस्न पनि आह्वान गरे।

जिल्ला विपद् व्यवस्थापन समितिअन्तर्गत खोज तथा उद्धार, राहत सामग्री वितरणलगायत कार्यमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरका करिब एक हजार स्वयंसेवक परिचालन गरिएको पनि प्रजिअ श्रेष्ठले जानकारी दिए।

रेडक्रसले २० परिवारलाई राहत वितरण गरेको रेडक्रसका जिल्ला सभापति परशुराम पाण्डेले जानकारी दिए। उनका सूर्यविनायक नगरपालिका–१, ४, ५ र ८ मा गैरखाद्य सामग्री वितरण गरिएको गर्नाका साथै लत्ताकपडा, खाना पकाउने भाँडावर्तन, ओढ्ने मण्डी, त्रिपाल, प्लास्टिकको बाल्टिनलगायत सामग्री वितरण गरेको जानकारी दिए। चाँगुनारायणका विभिन्न वडामा त्रिपाल र पहिरो रोक्न प्लास्टिक वितरण गरिएको पाण्डेले बताए।

अविरल वर्षाले भक्तपुरको हनुमन्ते र खस्याङखुसुङलगायत खोलामा आएको बाढीका सडक र बस्तीमा पसेपछि भक्तपुरको जगाती च्यामासिंह सडक, भक्तपुरको मुख्य सडक अरनिको राजमार्ग र सल्लाघारी पेप्सीकोला, बालकोट सडक, राधेराधे निकोसेरा सडक अवरुद्ध भएका छन्। पानीको बहाव घटेपछि ११ बजेदेखि अवरुद्ध यी सडकहरू अहिले सञ्चालन हुन थालेका छन्।

त्यस्तै, जिल्ला प्रशासन कार्यालय भक्तपुरको अनुरोधमा उद्योग वाणिज्य सङ्घले १० बोरा चामल, नुन, तेल र दाल राहतका लागि उपलब्ध गराएको हो। उक्त सामग्री तत्काल पीडितलाई वितरण गरिने सहायक प्रजिअ निरौलाले बताए।

वर्षाका कारण भक्तपुरमा सिद्धि स्मृति अस्पताल, इवामुरा अस्पताल, शान्ति निकेतन माध्यमिक विद्यालय, तारा माध्यमिक विद्यालय, ग्लिटर फ्युचर स्कुल, राम मन्दिर, हनुमानघाट, जामे मस्दिज, बाराही क्षेत्र, राधेराधे, कमेराटार सङ्गम कोलोनी क्षेत्र, बालकोट, हनुमन्त, गोदावरी र मनोहरा खोला निकाराका बस्ती, गडेधारा बस्तीलगायत एक हजारभन्दा बढी घर, पसल तथा व्यापारिक केन्द्रलगायत जिल्लाका १६ वटा वस्तु डुबानमा परेका छन्।

डुबानमा पसेका अधिकांश घरका भुइँतलामा आठ फिटसम्म उचाइमा पानी र हिलो पसेपछि खाद्यान्न, लत्ताकपडा, टिभी, ‘फ्रिज’, ओछ्यान तथा व्यापारिक केन्द्र एवं पसलहरुभित्र पानी पस्दा सामग्री डुबेर करोडौँको क्षति पुगेको छ। एक तला घर हुनेहरू आफन्त र होटलमा पुगेका छन्भने अन्य माथिल्लो तलामा छिमेकीकामा सहायता माग्न पुगेका छन्।

गाई फार्महरू र बङ्गुर फार्महरू डुबान तथा पहिरोमा पर्दा कतिपय बगाएको छभने कतिपय पहिरोले पुरिएका छन्। कति पशुचौपाया मरे भन्ने किन तथ्याङ्क नआएपछि ५० भन्दा बढी मरेको अनुमान गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?