
काभ्रेपलाञ्चोक – लगातारको वर्षाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरो आउँदा ठूलो जनधनको क्षति भएको छ।
काभ्रपलाञ्चोकको पनौतीमा रोशी खोलामा आएको बाढीले पनि ठूलो क्षति गरेको छ। तर, यहाँका स्थानीयले भने अहिलेसम्म सरकार भएको अनुभूति नभएको बताएका छन्।
पनौती नगरपालिकाको वडा नम्बर २ र १२ मा रोशी खोलामा १४ ओटा खानी र ९ ओटा क्रसर उद्योग रहेको स्थानीयले जानकारी दिए।
रोशीमा उर्लिएको बाढीले खोला किनारका घरहरुसमेत बगाएको छ। साथै बाढीपहिरोका कारण बिपी राजमार्गमा ठूलो क्षतिसमेत पुगेको छ।