राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गरिने

राहत कोषबाट बाढी पहिरोपीडितलाई सहयोगका लागि पहल गरिने
+
-

काठमाडौँ  – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बाढीपहिरो प्रभावित परिवारसँग भेटघाट गरी राज्यको राहत कोषबाट सहयोगका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण पहिरोमा परी ज्यान गुमाएका यहाँका सातजनाका परिवरसँग भेटघाट गरी उहाँले यस्तो बताएका हुन्। अध्यक्ष नेपालले बाढीपहिरोबाट क्षतिग्रस्त क्षेत्रको निरीक्षण गर्नाका साथै मृतकप्रति श्रद्धाञ्जलि तथा परिवारजनमा समवेदना व्यक्त गरे। त्यसअवसरमा उनले नगरपालिकाको तर्फबाट मृतकका परिवारलाई रु ५०र५० हजार आर्थिक सहयोग हस्तान्तरण गरे।

कार्यक्रममा नगरप्रमुख टोकबहादुर वाइवाले पीडित परिवारलाई तत्काल आवश्यक खाद्यन्न, भाँडाकँुडा वितरण गर्नाका साथै दुःखको घडीमा नगरपालिकाले प्रभावित परिवारलाई सक्दो सहयोग गर्ने बताए।

काभ्रेमा विपद्मा परी ७५ जनाको मृत्यु हुनुका साथै विभिन्न भागमा धेरै भौतिक क्षति भएको छ। यहाँका भुम्लु, रोशी, बेथानचोक, तिमाल, चौरी गाउँँपालिकामा सवारीसाधन, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक सेवासमेत अवरुद्ध छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?