
नेपाल प्रिमियर लिग (एनपिएल)मा बहुप्रतिक्षित मानिएको खेलाडी अक्सन आइतबार सम्पन्न भयो। जसमा ८ टिमले कुल ८० खेलाडीका लागि ५ करोड ९२ लाख ५० हजार रकम खर्चिएका छन्। जसमा १२ खेलाडीले अधिक्तम मूल्य प्राप्त गर्दा १३ खेलाडीले न्युनतम मूल्यमा एनपिएल खेल्ने भएका छन्। एनपिएल अक्सनका लागि कुल १ सय ६४ खेलाडीलाई ‘ए’,’बी’ र ‘सी’ क्याटगोरीमा विभाजन गरेर बोली लगाइएको थियो।
१२ खेलाडीलाई अधिक्तम १५ लाख
एनपिएलमा कुल ९१ खेलाडी अक्सनमार्फत विभिन्न ८ फ्रेन्चाइजमा अनुबन्धित हुँदा १२ खेलाडीले अधिक्तम अर्थात १५ लाख रुपैयाँ प्राप्त गरे। उच्च रकम (१५ लाख) प्राप्त गर्ने खेलाडीहरुमा लोकेश बम र प्रतिश जिसी (बिराटनगर किंग्स), ललित राजवंशी र अनिल कुमार साहा (जनकपुर बोल्टस्), गुल्सन कुमार झा (कर्णाली), साहब आलम र भीम सार्की (काठमाडौं गुर्खाज), सूर्य तामाङ र विवेक यादव (लुम्बिनी लायन्स), सन्दीप जोरा (लुम्बिनी लायन्स), सागर ढकाल (पोखरा एभेन्जर्स), आरिफ शेख (सुदुरपश्चिम रोयल्स) रहेका छन्।
सर्वाधिक खर्चने टोली लुम्बिनी
अक्सनमा खेलाडीमा सर्वाधिक रकम खर्चने टोली लुम्बिनी लायन्स बनेको छ। राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेल मार्की खेलाडी रहेको लुम्बिनीले खेलाडी अक्सनमा ८४ लाख ७५ हजार खर्चियो। जसमा उसले तीन खेलाडी विवेक यादव, सूर्य तामाङ र सन्दीप जोरालाई अधिक्तम अर्थात १५ लाखमा प्राप्त गर्न सफल हुँदा आसुतोष घिरैया र तिलक राज भण्डारीलाई १० लाखमा अनुबन्धन गर्यो।
त्यस्तै, दुर्गेस गुप्तालाई ८ लाख खर्चिँदा राष्ट्रिय टिमको अनुभव बटुलेका अर्जुन साउदलाई ५ लाखमा अनुबन्धन गर्यो। त्यस्तै दिनेश अधिकारीलाई २ लाख ७५ हजारमा प्राप्त गर्दा अभिसेक गौतम र विकास आग्रीलाई समान २ लाख खर्च गर्यो।
कम खर्चने टोली चितवन
त्यस्तै, सर्वाधिक कम रकम खर्चिने टोली भने चितवन बनेको छ। उसले केबल ६३ लाख मात्र खर्च गर्यो। उसले अधिक्तम मूल्यमा एकजना पनि खेलाडी प्राप्त गर्न सकेन्। १५ लाख पुगेपछि खेलाडीलाई गोलाप्रथाबाट टिम छनोटको अधिकार हुन्थ्यो। यस्तोमा चितवन अभागी सावित भयो। उसले ४ खेलाडीलाई ५ लाखमा अनुबन्धन गर्दा ३ खेलाडीलाई १० लाख खर्चियो। त्यस्तै उसले ८, ३ र २ लाखमा समान १-१ जना खेलाडी अनुबन्धन गर्यो।
कुन टिमले कति रकम खर्चिए?
सर्वाधिक धेरै मूल्यमा टिम खरिद गरेको पोखरा एभेन्जर्सले अक्सनमा ८० लाख ५० हजार खर्च गर्दा काठमाडौं गुर्खाजले ७० लाख ५० हजार खर्चियो।
त्यस्तै, विराटनगर किंग्सले ६६ लाख ५० हजार खर्चिँदा चितवनले ६३ लाख खर्च गर्यो। त्यस्तै जनकपुर बोल्ट्सले ७९ लाख २५ हजार खर्चिदा कर्णाली याक्सले ७४ लाख खर्चियो। त्यस्तै लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार खर्च गर्दा सुदूरपश्चिमले ७४ लाख खर्चियो।
कुन टिममा को खेलाडी कतिमा अनुबन्धन?
चितवन राइनोज: कुल खर्च ६३ लाख
मार्की खेलाडी कुशल मल्ल (मfर्की) रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषवाकर (१० लाख), विपिन रावल (८ लाख), सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह राउटेला, दीपक बोहरा (५ लाख), रञ्जित कुमार (३ लाख), गौतम केसी (२ लाख) ।
कर्णाली याक्स: कुल खर्च ७४ लाख
सोमपाल कामी (मार्की), गुल्सन कुमार झा (१५ लाख), नन्दन यादव (११ लाख) मौशम ढकाल, अर्जुन घर्ती, देव खनाल (१० लाख), रित गौतम, भुवन कार्की(५ लाख), दीपेन्द्र रावत दीपक डुम्रे (३ लाख) र युनिस विक्रम सिंह (२ लाख)।
लुम्बिनी लायन्स: कुल खर्च ८४ लाख ७५ हजार
रोहित कुमार पौडेल (मार्की), सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा (१५ लाख), आशुतोष घिरैया, तिलकराज भण्डारी (१० लाख), दुर्गेश गुप्ता (८ लाख), अर्जुन साउद (५ लाख), दीनेश अधिकारी (२ लाख ७५ हजार), अभिषेक गौतम र विकास आग्री (२ लाख)।
सुदूरपश्चिम रोयल्स: कुल खर्च ७४ लाख
दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख (१५ लाख), अभिनाश बोहरा (१२ लाख), विनोद भण्डारी (१० लाख), ईशान पाण्डे (९ लाख ५० हजार), अर्जुन कुमाल (७ लाख ५० हजार), खड्क बोहरा, नरेश बुढाएर (५ लाख), अमित श्रेष्ठ (३ लाख ३५ हजार) र नरेन साउद (२ लाख)।
विराटनगर किंग्स: कुल खर्च ६६ लाख ५० हजार
सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जि.सी (१५ लाख), बसिर अहमद (१० लाख), राजेश पुलामी मगर, जितेन्द्र मुखिया, अनिल खरेल, दीपक बोहरा (५ लाख), सुभाष भण्डारी (२ लाख ५० हजार), नरेन भट्ट र मिर्नल गुरुङ (२ लाख)।
जनकपुर बोल्ट्स: कुल खर्च ७९ लाख २५ हजार
आसिफ शेख (मार्की), ललित राजवंशी, अनिल कुमार साह (१५ लाख), रुपेश सिंह, आकाश त्रिपाठी, किशोर महतो (१० लाख), शुभ कंस्का, शेर मल्ल, हेमन्त धामी (५ लाख), अरनिको प्रसाद यादव (२ लाख ५० हजार) र तुल बहादुर थापा (२ लाख)
काठमाडौं गुर्खाज: कुल खर्च ७० लाख ५० हजार
करण केसी (मार्की), साहब आलम, भीम सार्की (१५ लाख), राशिद खान, शंकर राना (९ लाख ५० हजार), दीपेश कँडेल, सुमित महर्जन, कृष्ण कार्की (५ लाख), विवेक केसी, प्रतिक श्रेष्ठ र राजु रिजाल (२ लाख) ।
पोखरा एभेन्जर्स: कुल खर्च ८० लाख ५० हजार
कुशल भुर्तेल (मार्की), सागर ढकाल (१५ लाख), आकाश चन्द (११ लाख ५० हजार), किरण कुमार ठंगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ (१० लाख), तृतराज दास, सुनाम गौतम (५ लाख), दीनेश खरेल र अमृत गुरुङ (२ लाख)।