
काठमाडौँ- दसैँको टीकाको अघिल्लो दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ।
धावन मार्ग मर्मत गरेका कारण ‘फ्लाइट डिले’ हुँदा प्रत्येक उडान कम्तीमा एक घण्टा ढिलो भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
सडकमार्गबाट मात्र नभइ विमानबाट समेत काठमाडौँ छाड्ने मानिसहरूको संख्या बढेकाले विमानस्थलमा यात्रुको चाप बढेको हो।
दसैँका बेला काठमाडौँ छाड्ने मानिसहरूका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चाप बढ्ने गरेको छ।
तस्बिरहरूः