
घोराही- लुम्बिनी प्रदेशको दाङ जिल्लाको घोराही उपमहानगरपालिका ७ का खेतमा यतिबेला पाकेका धानको बाला झुलिरहेको छ।
दाङ जिल्ला उपत्यका पनि भएकाले यहाँ कृषिका लागि उपयुक्त मानिन्छ। यहाँ धान, तोरी, गौहुँ, मसुरोलगायत अन्य बालीको खेती गरिन्छ।
पहिला दाङमा तिलकी चामलको उत्पादनको लागि पनि चिनिने गर्थ्यो भने अहिले भने तिलकी चामलको उत्पादन हुन छोडेको छ।
यस जिल्लाको दक्षिणमा भारतको उत्तर प्रदेश, पूर्वमा नेपालका जिल्लाहरू प्युठान, अर्घाखाँची र कपिलवस्तु, उत्तरमा सल्यान, प्युठान, रोल्पा जिल्ला र पश्चिममा बाँके र सुर्खेत पर्दछन्।
विभिन्न धरातलीय बनोटले घेरिएको यो जिल्ला समुद्र सतहदेखि २१३ मिटर उचाइबाट सुरु भइ २०५८ मिटर उचाइसम्म फैलिएको छ। यो जिल्लाको कूल क्षेत्रफल ३०५९.८१ वर्ग किलोमीटर रहेको छ।
तस्बिरमा घोराहीको धानबालीः