‘डबल नाफा’को प्रलोभनमा अनलाइन ठगीको सिकार, लाखौँ गुमाएपछि ‘सुसाइड’को बाटो

‘डबल नाफा’को प्रलोभनमा अनलाइन ठगीको सिकार, लाखौँ गुमाएपछि ‘सुसाइड’को बाटो
+
-

प्युठानको नौबहिनी गाउँपालिका- ६ का प्रविन केसी (नाम परिवर्तन)को मोबाइलमा एउटा अपरिचित नम्बरबाट ह्वाट्सएपमा म्यासेज आयो। ‘तपाईँलाई लट्री परेको छ, निकाल्नका लागि एउटा फर्म भर्नुपर्छ। जसका लागि दश हजार जम्मा गर्नूहोस्। पचास हजार नगद र आइफोन १५ पाउनुहुन्छ।’

१८ वर्षीय प्रविनको मन ५० हजारले भन्दापनि आइफोनले लोभ्यायो। सामान्य परिवारमा जन्मे-हुर्केका उनलाई आइफोनको प्रलोभनले तान्यो। आमासँग दश हजार मागेर तत्काल उताबाट पठाइएको खातामा जम्मा गरे। एकछिनमा कल गरेर थप ‘प्रोसेस’बारे जानकारी दिने भनी भारतीय नम्बरबाट गरिएको कल समाप्त भयो। कलसँगै समाप्त भयो प्रविनको आइफोन चलाउने सपना र दश हजार दुवै। ‘ख्यालख्यालैमा छोराको कुरा सुन्दा बल्लतल्ल जम्मा गरेको रकम गुमाउनुपर्‍यो। सम्झिँदा मन अमिलो हुन्छ’, दु:खले जोरेको रकम अनायासै गुमाउनुपर्दाको तीतो अनुभव सुनाउँदै प्रविनकी आमा भन्छिन्।

प्रविनको जस्तै म्यासेज प्युठानकै झिमरुक गाउँपालिका- १ की संगीता जिसीलाई पनि आएको थियो। अनलाइन ठगीका अनेकन समाचारहरू सुनिरहेकी संगीता भने यस विषयमा सचेत थिइन्। ‘म्यासेजको प्रवाह नै गरिनँ। यस्ता ठगीका समाचार सुनिरहेकी थिएँ। बरु त्यो स्किनसट गरी साथीहरूलाई पनि सचेत गराएँ’, उनी भन्छिन्।

रकमान्तर भएपनि कञ्चनपूरका योगेश ठगुन्नाको घटना पनि प्रविनको जस्तै छ। दोब्बर पैसा आउने लोभ देखाउँदै एक अपरिचितले सुरुमा ५ हजार जम्मा गर्न लगाउँछ। योगेशलाई विश्वास दिलाउन सुरुमा बिना लगानी रकम पनि आउँछ। अनि योगेश पनि झन जालमा पर्दै ५० हजार हुँदै लाखसम्म जम्मा गर्छन्। आफूसँग भएको रकम सक्किएपछि प्रेमिका, दाजुहरू र साथीसँग गरी जम्मा गरेको सबै रकम गुमाउँछन्। २ लाख ५० हजार गुमाउँदासम्म डबल आउनेमा विश्वस्त रहेका उनी त्यसपछि भने डराउन थाल्छन्। अनि बिस्तारै-बिस्तारै गर्दै १६ लाख गुमाएपछि योगेशलाई आफू ठगिएको बल्ल महसुस हुन्छ।

समान्य काम गर्ने भीमदत्त नगरपालिका- ४ का २३ वर्षीय योगेशका लागि १६ लाख पक्कै सानो रकम थिएन। दसैँको अघिल्लो दिन भएको उक्त घटना योगेशलाई सह्य भएन। फलत: उनले आत्महत्याको बाटो रोजे। बुधबार बिहान उनले आफ्नो कोठामा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले जनाएका छन्। जोशीका अनुसार झुन्डिएर आत्माहत्या गरेका उनको ‘सुसाइड नोट’ फेला परेको छ। यसमा उनले आफू कसरी ठगिए भन्नेबारे उल्लेख गर्दै दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्।

व्यक्तिसँगै अनलाइन ठगीका प्रकृति पनि फरक छन्। डबल नाफाको प्रलोभन, महंगा फोन ल्यापटप र ठूलो रकमको प्रलोभन मात्र नभएर अनलाइनमा सामान बेच्ने बहानामा, ‘न्युड’ भिडियो पठाएर ब्ल्याकमेल गरेर ठग्नेहरू पनि उत्तिकै छन्।

साइबर ब्यूरोका अनुसार विभिन्न सामाजिक सञ्जालका माध्यमबाट लट्री परेको, डबल रकम दिने, आइफोन गिफ्टमा परेको भनी ठगी भएको भन्दै हालसम्म ९५ भन्दाबढी उजुरी परेका छन्। त्यस्ता घटनाहरूबाट करिब १ करोड ५६ लाखभन्दा बढी रकम ठगिएको उजुरी परेको ब्यूरोले जनाएको छ।

पछिल्लो समय भाटभटेनीले एनिभर्सरीमा गिफ्ट दिने, लिंक खोले आइफोन जित्ने जस्ता भ्रामक समाचारका लिंकहरू पनि समाजिक सञ्जालमा छाएको देख्न सकिन्छ। यस्ता लिंकहरूको माध्ययमबाट ह्याकरले फेसबुक तथा मेल ह्याक गरी ठगी गर्नुका साथै क्रिप्टो जस्ता नेपालमा प्रतिबन्धित गैरकानुनी कुराको प्रचार गर्ने गरेको पाइन्छ। ब्यूरोका अनुसार पछिल्लो समय अनलाइन ठगीमा पर्ने अधिकांश युवा छन्। यस विषयमा सचेन रहन पटक-पटक सूचना जारी गरेको साइबर ब्यूरोले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?