साफ महिला च्याम्पियनसिप: घरेलु मैदानमा भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल

साफ महिला च्याम्पियनसिप: घरेलु मैदानमा भुटानविरुद्ध प्रतिस्पर्धा गर्दै नेपाल
+
-

काठमाडौँ- साफ च्याम्पियनसिप महिला फुटबलमा आज घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ।

पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबलमा सुधारिँदो भुटानविरुद्ध महिला फुटबलमा बलियो रहँदै आएको नेपालको सुरुवाती खेलले उपाधिमा दाबेदारीको संकेत गर्नेछ। दशरथ रंगशालामा हुने खेल साँझ ५:३० मा सुरु हुनेछ।

पुरुष फुटबल दक्षिण एसियामा प्रतिस्पर्धात्मक बन्दै जाँदा महिला फुटबलले भने कम्तीमा त्यो अवस्थामा पुग्न सकेको छैन। यद्यपि, सुधार जारी राखेको छ, भुटानले। समूह ‘बी’को खेल नेपाल विजयी सुरुआत चाहन्छ, त्यसैले सतर्कपूर्ण रुपमा नेपाल मैदानमा उत्रिने छ।

नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङ भुटानले पछिल्लो समय महिला फुटबलमा पनि प्रगति गरेको बताउँछन्। उसको उमेर समूहको फुटबल राम्रो बन्दै गएकाले खेललाइ सजिलो रुपमा नलिने बताए। कप्तान एन्जिला सुब्बा पनि भुटानसँगको खेलमा मिहिनेत गरेर शतप्रतिशत इफोर्ट लगाउने बताउँछन्।

भुटानकी प्रशिक्षक निकोला डेमिनले नेपाल घरेलु टिम भएकाले दबाब नेपालमाथीनै बढी हुने बताइन्। उनले साफको तयारीकै लागि विगत ९ महिनादेखि तयारी गरेको बताइन्।

यस्तै, कप्तान पेमा छिरिङले पनि आफ्नो टिम उत्कृष्ट प्रदर्शन गर्न तयार रहेकाले नेपालविरुद्ध आत्माविश्वासी भएर खेल्ने बताउँछिन्।

वुमेन्स साफ च्याम्पियनसिपको इतिहासमा अहिलेसम्म भुटानले नेपाललाई पराजित गर्न सकेको छैन। नेपालले यस प्रतियोगितामा चार पल्ट भुटानको सामना गरेको छ र सबै चार खेलमा सजिलो जित निकालेको छ। यी चार खेलमा नेपालले २३ गोल गरेको छ । तर कुनै गोल खाएको भने छैन।

सन् २०२२ को पछिल्लो संस्करणमा नेपालले भुटानमाथि ४-० को जित निकालेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?