पोखरामा रास्वपाको विरोध प्रर्दशन (फोटो/भिडियो)

+
-

पोखरा – सभापति रवि लामिछाने सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पोखरामा विरोध प्रर्दशन गरेको छ।

शनिबार पोखराको मानवअधिकार चोकमा रास्वपाले शक्ति प्रर्दशन गर्दै विरोध गरेको हो। केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर प्रर्दशन गरिएको छ।

शुक्रबार काठमाडौँबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर सडकमार्ग हुँदै शनिबार बिहान कास्की ल्याइएको थियो। रविको पछिपछि केही केन्द्रीय नेता आएका थिए भने शनिबार केही थपिएका छन्।

पार्टी उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, कार्यवहाक प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतमलगायतले विरोध कार्यक्रममा सम्बोधन गरे।

उनीहरु सबै प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रमक देखिए। प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध पनि रास्वपाका नेताहरु गर्जिए।

विरोध प्रदर्शनमा सहभागीले ‘दलाल माफियाहरु होसियार’, ‘भ्याट छल्नेहरुलाई कारबाही गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’, ‘भ्रष्टहरूलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, ‘केपी ओली मुर्दावाद’, ‘रवि दाइ हाइ हाइ’ जस्ता नारा लगाए।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले नेता तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलको तस्बिर प्रदर्शनकारीले ‘वास्तविक ठग’ भन्दै प्लेकार्ड देखाएर विरोध गरेका थिए।

आइतबार रविलाई जिल्ला अदालत कास्कीमा पेश गरिनेछ। अदालतबाट म्याद लिएर उनीविरुद्ध अनुसन्धान सुरु हुनेछ। रास्वपाले भने सम्पूर्ण शक्ति पोखरा केन्द्रित गरेर सरकार, प्रहरी प्रशासनलाई दबाद दिने रणनीति बनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?