आत्महत्या विरुद्धको विश्व दिवस मनाईँदै

आत्महत्या विरुद्धको विश्व दिवस मनाईँदै
+
-

आत्महत्या विरुद्धको विश्व दिवस सोमबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाईँदैछ । आत्महत्या गर्नबाट रोकथाम गनर्ने उपायको खोजी र सचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष सेप्टेम्बर १० का दिन आत्महत्या विरुद्धको दिवस मनाउने गरिएको छ ।

आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय एसोसिएसन, आइएएसपीको आयोजना र विश्व स्वास्थ्य संगठनको सहयोगमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष आत्महत्या रोकथामका लागि सहकार्य भन्ने मुल उद्देश्यका साथ विभिन्न कार्यक्रम गरिँदै छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ । हरेक ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्यांकले देखाएको छ । आत्महत्या बढी हुने देशमा कम आएका भएका र मध्यम आएका भएका देश बढी रहेका छन् ।

आत्महत्याका लागि खेतबारीमा हालिने बिसादी, डोरीको सहायताले झुण्डिने तथा आगो लगाउने बढी प्रयोग गरिएको छ । यस्तै अमेरिका, क्यानडा, जापानन, बेलायतसहितका देशमा पनि आत्महत्या बढेको छ ।

आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि विशेष गरी युवाहरुमा बढी रहेको छ । १५ देखि २९ वर्ष उमेरकाहरुमा मृत्युको दोस्रो ठूलो कारण आत्महत्या रहेको देखिएको छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढी रहेकाले जनचेतनाको खाँचो रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?