रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति
+
-

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको छ। आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

२ गतेदेखि लागू हुने गरेर ६ दिन हिरासतमा राख्ने अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए। प्रहरीले पनि ६ दिनकै अनुमति मागेको थियो।

रविको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त,  डा. नारायण घिमिरेले रविलाई हिरासतमा राख्न नपर्ने बहस गरेका थिए। 

सहकारी रकम ठगी र संगठित अपराधको मुद्दामा शुक्रबार साँझ पक्राउ परेका रविलाई शनिबार बिहान अदालत ल्याइएको थियो। आइतबार १ बजेर २२ मिनेट जाँदा उनलाई अदालत ल्याइएको थियो।

संसदीय छानविन विशेष समितिको प्रतिवेदनले गोरखा मिडिया नेटवर्कका सञ्चालकको पनि सहकारीको रकम दुरुपयोगमा संलग्न रहेको ठहर गरेको छ।

गोरखा मिडियाका सञ्चालकमध्येका एक पूर्व डीआईजी छविलाल असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए।पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ। सरकारले प्रतिवेदन कार्यन्वयनका लागि प्रहरीलाई निर्देशन दिएको छ।

सहकारीका अध्यक्षसमेत रहेका फरार गितेन्द्रबाबु राई (जीबि), रवि लामिाछाने, छविलाल जोशी र कुमार रम्तेल गोरखा मिडिया नेटवर्कका साझेदार हुन। कुमार रम्तेल सहकारीको कोषाध्यक्ष हुन्। उनलाई प्रहरीले गएको वर्ष भदौ २५ गते काठमाडौंबाट पक्राउ गरेको थियो। अहिले पुर्पक्षका लागि थुनामा कास्की कारागारमा छन् 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?