निर्मला कुर्मीलाई न्याय माग्दै प्रदर्शन, निषेधित क्षेत्रमा जान खोज्दा ७ जना पक्राउ (तस्बिरहरु)

निर्मला कुर्मीलाई न्याय माग्दै प्रदर्शन, निषेधित क्षेत्रमा जान खोज्दा ७ जना पक्राउ (तस्बिरहरु)
+
-

काठमाडौँ – निर्मला कुर्मीको न्यायका लागि आज पनि माइतीघर मण्डलामा प्रदर्शन भएको छ। ७३ दिनदेखि निर्मला कुर्मीका लागि न्याय माग्दै पीडित पक्षले धर्ना दिँदै आएका छन्।

माइतीघरमा धर्ना बस्दै आएका उनीहरु आइतबार साँझ सिंहदरबारतर्फको निषेधित क्षेत्रमा जान खोजेपछि ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशमन्त्री बनाएकाे भन्दै उनीहरूले विरोध गर्दै आएका थिए। तर अहिले भने शाहले पदबाट राजिनामा दिइसकेका छन्।

बाँकेको नेपालगञ्ज–१७ की निर्मलाका श्रीमान्‌को २०६२ मा मृत्यु भएको थियो। श्रीमान्‌को मृत्युको चार वर्षपछि २०६६ मंसिरमा कुर्मीका दुई छोराको १० दिनको अन्तरालमा रहस्यमय तवरमा मृत्यु भएको थियो। श्रीमान् र छोराको मृत्युपछि कुर्मीको घरजग्गा सुरक्षित राखिदिन्छु भन्दै बादशाह कुर्मीले लालपूर्जा र निर्मलाको नागरिकता लिएका थिए।

त्यसपछि ०७५ मा निर्मला बेपत्ता भइन् र उनको नाममा रहेको घरजग्गा पनि अरुको नाममा सारिएको थियो। अपहरणपछि कुर्मीको हत्या गरेको भन्दै नेपाली कांग्रेसका नेतासमेत रहेका बादशाह कुर्मीविरुद्ध उजुरीसमेत परेको छ।

अधिकारकर्मी रुबी खानसहितले निर्मला कुर्मीले न्याय पाउनुपर्ने मागसहित ०७८ असोजमा नेपालगञ्जदेखि काठमाडौँसम्म पैदल यात्रा गरेका थिए।     

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?