
काठमाडाैँ- नेकपा माओवादी केन्द्रकाे भातृ संगठन अखिल क्रान्तिकारीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे पुत्ला जलाएकाे छ।
नेकपा एमालेको पार्टी कार्यालय बनाउन जग्गा दान लिएको भन्दै अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला क्याम्पस समितिले मसाल जुलुस निकालेर ओलीकाे पुत्ला जलाएकाे हाे।
समितिले त्रिचन्द्र कलेज अगाडिको मुख्य सडकमा मसाल जुलुस र पुत्ला जलाएकाे हाे। आजबाट माओवादीले पनि सरकार विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ।