दलित वस्ती र अनाथ आश्रममा धुर्मुसद्वारा ब्ल्यांकेट वितरण

+
-

जनकपुरधाम- समाजसेवी तथा हाँस्य कलाकार सीताराम कट्टेल धुर्मुसले जनकपुरको दलित वस्तीमा ब्ल्यांकेट वितरण गरेका छन्।

जनकपुर उपमहानगरपालिका १ स्थित धर्मवान टोलको दलित वस्ती र जनकपुर ८ स्थित रहेको एकमात्र कविर अनाथ बालआश्रममा न्यानो वितरण गरेका हुन्।

अत्यन्त जाडो र शीतलहरले कठ्यांग्रिएर बस्न बाध्य धर्मवान टोलका ८० घरपरिवारमा ब्ल्यांकेट वितरण गरिएको हो। गत असारमा आएको बाढीले उक्त क्षेत्रका स्थानीय वासिन्दासहित दलित बस्ती पुरै डुबानमा परेको थियो।

बाढीमा परी विस्थापित भएका परिवारलाई त्यती बेला पनि सहयोग गरेका समाजसेवी तथा कलाकार सीताराम कट्टेलले धुर्मुस सुन्तली फाउण्डेशनबाट जनकपुर आएर राहत विरण गरेका थिए।

डुवानको बेला वस्तीमा आएर राहत वितरण गरेको र सञ्चारमाध्यमबाट पनि जाडोमा यस वस्तीका बालबालिकादेखि वृद्धसम्म कठ्यांग्रिनु पर्ने जानकारी पाउनासाथ आफू न्यानो वितरण गर्न आएको कलाकार एवं समाजसेवी कट्टेलले बताए।

कलाकार कट्टेलले जनकपुर उपमहानगरपालिका ८ स्थित रहेको कविर अनाथ बालआश्रममा समेत न्यानो वितरण गरेका छन्।

आश्रममा रहेको १० बालबालिकाका लागि २० वटा न्यानो ब्ल्यांकेट आश्रमका सञ्चालक सत्यनारायण आलोकलाई हस्तान्तरण गरेका थिए।

चिसो बढेसँगै चार दिनदेखि निरन्तर दलित एवं विपन्न वस्तीमा पुगेर न्यानो वितरण गरिरहेको उल्लेख गर्दै कलाकार तथा समाजसेवी कट्टेलले हालसम्म बारा, रौतहट र धनुषाकोको विभिन्न दलित वस्तीमा पुगेर सयौँ घरपरिवारलाई १५ सय न्यानो ब्ल्यांकेट वितरण गरिसकेको जानकारी दिए।

यो पनि हेर्नुहोस्:

लायन्स तथा लियो क्लबद्वारा कपडा वितरण

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?