
काठमाडौँ – साफ महिला च्याम्पियनसिप फुटबलमा साविक च्याम्पियन बंगलादेशले फाइनलमा स्थान बनाएको छ। बंगलादेशले भुटानलाई ७–१ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
दशरथ रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले २ तथा ऋतु पोर्ना चक्मा र शिउली अजिमले समान १–१ गोल गरे।
बंगलादेशले खेलको सातौं मिनेटमै ऋतुको गोलमार्फत अग्रता बनाएको थियो। त्यसपछि पनि लगातार गोल गर्दै भुटानमाथि बंगलादेशलाई दबाबमा राख्दै गोल गर्यो।
४१ औँ मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले एक गोल फर्काएकी थिइन्। दोस्रो हाफको ५८ औं मिनेटमा तोहुराले ह्याट्रिक पूरा गरिन्। भुटानले केही सकारात्मक मुभ बनाए पनि काउन्टरमा बंगलादेशले गोल गर्दै ६–१ को अग्रता लियो।
७२ औँ मिनेटमा बंगलादेशले सातौं गोल थपेको थियो। प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल साँझ ६स्३० बजे नेपाल र भारतबीच हुनेछ।