
काठमाडौँ – साफ महिला च्याम्पियनसीपको सेमिफाइनलमा नेपालका लागि साबित्रा भण्डारी साम्बाले भारतविरुद्ध बराबरी गोल गरेकी छन्।
विवादका कारण रोकिएको खेल सुरु भएको केहीबेरमै उनले भारतविरुद्ध बराबरी गोल गरेकी थिइन्।
गोल गरेपछि उनले आक्रामक सेलिब्रेसनसमेत गरिन्। उनले टिसर्ट खोलेर आक्रामक रुपमा सेलिब्रेसनको मनाएकी थिइन्।
भारतले खेलको ७१ औँ मिनेटमा नेपालविरुद्ध अग्रता लिएको थियो।