
काठमाडौँ- आज धनतेरसका लागि सुनको असर्फी र चाँदीको सिक्का लिन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा मानिसहरूको भीड लागेको छ।
राष्ट्र बैंकले धनतेरसको दिन एक व्यक्तिलाई एक थान सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने व्यवस्था गरेको हो।
राष्ट्र बैंकको टक्सार महाशाखाले आज एक दिनका लागि २.५ ग्राम तौलका सुनको असर्फी बिक्री गर्ने व्यवस्था गरेको हो।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त असर्फी बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
तिहार सुरु हुनुभन्दा अघिल्लो दिनलाई धनतेरस भनिन्छ। धनतेरसका दिन धातुका सामान किन्नु शुभ मानिने धार्मिक मान्यता छ।
तस्बिरहरूः