
काठमाडौँ- नेपालमा मनाइने चाडहरूमध्ये दोस्रो ठूलो चाडका रूपमा मनाइने तिहार नजिकिएसँगै काठमाडौँको कल्लाबारी क्षेत्रमा रहेका फूलखेती गर्ने कृषक यतिबेला फूल टिप्न व्यस्त छन्।
उनीहरू सयपत्री फूल टिप्न र माला गाँस्न व्यस्त छन् । इचङ्गु र रामकोट क्षेत्र अहिले सयपत्री फूल फुलेर ढकमक्क देखिएका छन् ।
दिदीबहिनी तथा दाजुभाइको सम्बन्धको चाड तिहारमा फूलको महत्त्व निकै रहेको छ।
तिहार विशेष गरेर मखमली र सयपत्री फूलको चाड भनेर पनि चिनिन्छ । सयपत्रीलाई हजारी फूल भनेर पनि चिनिन्छ।
तस्बिरहरूः