
काठमाडाैँ- नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर तथा कार्यालयहरूमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।
साेही अवसरमा नेपाल प्रहरीको केनाईन सेवा प्रदायक कार्यालयमा पनि विशेष कार्यक्रम गरी कुकुर तिहार मनाइएकाे छ।कार्यक्रममा कार्यालयहरुमा सेवारत प्रहरी कुकुरहरूले विभिन्न कला प्रदर्शन गरेका थिए।
जसअनुसार रनिङ्ग प्रतियोगितामा टाईगर नाम गरेकाे कुकुर प्रथम भएकाे थियाे भने हाईजम्पमा रोज नाम गरेकाे कुकुर प्रथम भएकाे थियाे। यस्तै बाधापार प्रतियोगितामा रोय प्रथम भएकाे थियाे।
जर्मन शेफर्ड जातको भाले प्रहरी कुकुर टाईगर विसं २०७९ साल जेठमा जन्मिएकाे हाे। जुन कुकुर अपराधीको खोजी एवं पहिचान विषयमा विशिष्ठता हासिल गरेकाे नेपाल प्रहरीले जनाएकाे छ।
केनाईन सेवा प्रदायक कार्यालयहरुमा सेवारत प्रहरी कुकुरहरु मध्येबाट टाईगर यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर बन्न सफल भएको छ।