
काठमाडौँ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली बजारमा आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ सार्वजनिक गरेको छ । ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित छ ।
‘यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ एमएडब्लु इन्टरप्राइजेज टु–ह्विलर डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस ‘स्ट्रिट र्याली’ स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहाप्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा हामीले गरेका छौं ।’
नयाँ रे जेडआर ‘स्ट्रिट र्याली’ का फिचरहरु
- ११३ सीसी ब्लु कोर इन्जिनः उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेज लागि
- नकल गार्ड : चालकको हातको सुरक्षाका लागि
- बोल्ड न्यु भाइजर : थप स्पोर्टी र आकर्षक डिजाइनका लागि
- डिजिटल इन्स्ट्रयुमेन्टल प्यानल : आवश्यक जानकारीहरु समावेश भएको आकर्षक ककपिट
- फ्रन्ट डिस्क ब्रेक एन्ड एलोई ह्विल : आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेकिङका लागि ।
- नेपालमा यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को बजार मूल्य रु २,लाख ८ हजार ९ सय तोकिएको छ । यो ‘स्ट्रिट र्याली’ रेड र रेसिङ ब्लु– गरी दुई वटा कलरमा उपलब्ध छ ।