उत्सवको मौसममा डाट्सनको फेस्टिभ हटडिल

उत्सवको मौसममा डाट्सनको फेस्टिभ हटडिल
+
-

काठमाडौँ – नेपालमा डाट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले चाडबाडको अवसरमा“फेस्टिव हटडिल” योजना प्रस्तुत गरेको छ । यो योजना नाडा अटो शोदेखि नै लागू हुने छ ।

यस योजनाअन्तर्गत ग्राहकले डाट्सन गाडीको खरिदमा विशेष छुट लगायत अन्य थुप्रै सुविधाहरु प्राप्त गर्न सक्नेछन् । रु १,०६,००० सम्मको निःशुल्क एक्सोसरिज, २ लाखसम्मको नगद छुट समेत गरी कूल रु. ३,६६,८०० सम्मको लाभ लिन सकिनेछ ।

यो लाभको साथ साथै नाडा अटो शोको अवसरमा बुकिङ्ग गर्ने ग्राहकले रु २७,००० बराबरको स्मार्ट फोन पनि प्राप्त गर्न सक्नेछन् । साथै गाडीको खरिदमा ग्राहकले निःशुल्क एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेनस, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ्ग र एक वर्षकालागि सडक करको सुबिधा प्राप्त गर्नेछन् ।

गाडी खरिदमा न्यूनतम रु.८,४०१ को मासिक किस्ताबन्दी योजना उपलब्ध रहेको छ । यतिथोरै मासिक किस्ताबन्दी योजना हालसम्म अन्य कुनै पनि कम्पनीका गाडीहरुमा नरहेको दाबी कम्पनीको रहेको छ ।

साथै एक्स्चेन्ज अफरमा ग्राहकले आफ्नो पुरानो गाडीलाई नयाँ डाट्सनसँग साट्न पनि पाउनेछन् । कम्पनीले हरेक गाडीमा सहज फाइनान्सको सुबिधा पनि प्रदान गरेको जनाएको छ ।

यस योजना अन्तर्गत डाट्सन गाडी खरिद गर्ने ग्राहकले डाट्सन रेडि गो मा अधिकतम रु २,७८,२००, डाट्सन गो मा अधिकतम रु ३,३५,००० र डाट्सन गो प्लसमा अधिकतम रु ३,६६,८०० सम्मको लाभ प्राप्त गर्न सक्नेछन् ।

आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नयाँप्रविधि, तथा कम मूल्य आदि डाट्सन गाडीका विशेषताहरु रहेको कम्पनीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?