
काठमाडौँ – दिदीबहिनी–दाजुभाइ बिचको सम्बन्धको चार पर्व तिज बुधबार मनाईँदैछ । यो वर्ष भवान शिवको विशेष पूजाको पर्व पनि हो ।
भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विदुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।
जाका लागि पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ । पशुपतिमा बुधबार पूजाका लागि तीन मार्गबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।
बिहानैदेखि पूजा गर्नेको लाइन लागेको छ । देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले बिहानै पशुपति पुगेर दर्शनार्थीका तस्बिर खिचेकी छन् ।