कर्णालीवासीलाई घरमै उपचार सेवा पुगेको छ: प्रधानमन्त्री ओली

कर्णालीवासीलाई घरमै उपचार सेवा पुगेको छ: प्रधानमन्त्री ओली
+
-

सिमकोट- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना भएर कर्णालीवासीको घर मै उपचार पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहको उद्घाटन कार्यक्रममा जुम्ला आइपुगेका प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रतिष्ठान जुम्लामा स्थापना भएसँगै बिरामीको उपचारका साथै अध्ययन गर्ने अवसर सृजना भएको छ । कर्णाली भनेको सुर्खेत मात्र नभएर त्यहाँभन्दा माथिल्लो भूभाग रहेको बताउदै कर्णाली अब निक्कै अगाडि बढी सकेको प्रधानमन्त्री ओलीले बताए ।

प्रतिष्ठानबाट कर्णालीका दश जिल्ला मात्र नभएर सुदूरपश्चिमका तीन जिल्ला गरि तेह्र वटा जिल्लाका बासिन्दाहरूले सेवा पाउने वातावरण तयार भएको उनले बताए ।

अब कर्णाली वासीले देशका ठूला शहरका सुविधा सम्पन्न अस्पतालमा सेवा लिन जान नपर्ने वातावरण तयार भएको बताउँदै प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको इमानदारिताले गर्दा यो सफलता मिलेको प्रधानमन्त्री ओलीले बताए ।

यसअघि स्वास्थ्य मन्त्री प्रदीप पौडेल र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले आफ्नो भनाई राखेका थिए । दीक्षान्त समारोहमा ५८ जना विद्यार्थी दीक्षित भएका थिए ।

उद्घाटन कार्यक्रम सम्पन्न भएपनि प्रम ओली बुधबारै काठमार्डौँ फिर्ता हुने कार्यक्रम रहेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?