मुटुको उपचारका लागि आर्थिक सहयोग जुटाउन तामाङको अपिल

मुटुको उपचारका लागि आर्थिक सहयोग जुटाउन तामाङको अपिल
+
-

सिमकोट – नाम्खा गाउँपालिका– १ को धिगाँ गाउँकी सुनपुटी तामाङको उपचारका लागि आर्थिक सहयोग जुट्ने कार्य सुरु भएको छ। घरको आर्थिक अवस्था कमजोर भएपछि जिल्ला बाहिर उपचार गर्न व्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाउन थालिएको हो।

तामाङलाई मुटु दुख्न थालेपछि जिल्ला अस्पताल हुम्लामा उपचार गर्न लगिएको थियो। उनको परिवारका सदस्यमा एउटा बाह्र तेह्र वर्षकी छोरी र दुई जना अपांगता भएकी दिदीहरु छन्।

अस्पतालले जिल्लामा उपचार हुन नसक्ने भएपछि जिल्ला बाहिर रिफर गरेको तर बिरामीको आर्थिक अवस्था कमजोर भएकाले आर्थिक सहयोग जुटाउन थालिएको हिमाली शिक्षा र विकास (हेड) नेपालका कार्यकारी निर्देशक छिटुप दोर्जे लामाले आर्थिक सहयोग जुटाउने कार्य भएको बताए।

उनले हालसम्म जुटेको आर्थिक सहयोग सबै ब्यक्तिगत रुपमा सहयोग भएको बताए। उक्त वडाबाट सिमकोट बस्दै आएका व्यक्तिबाट त्यो सहयोग जुटेको हो, ब्यक्तिगत रुपमा ६५ जनाले पाँच सयदेखि बीस हजारसम्म सहयोग गरेका छन्। हालसम्म एक लाख ८८ हजार ७० रुपैयाँ सहयोग जुटेको छ। सो रकम उनका आफन्तलाई हस्तान्तरणसमेत गरिएको छ।

टिकट पाउनै शास्ती

आर्थिक सहयोग जुटाए पनि तामाङको लागि जिल्लाबाहिर लिन हवाई टिकटको ब्यवस्था हुन सकेको छैन। अस्पतालले रेफर गरेको पनि तीन दिन भइसकेको छ। खासमा तामाङलाई बिहीबार जिल्लाबाहिर उपचारका लैजान खोजिएको हो। तर, टिकट नपाएपछि हाल उनी जिल्ला अस्पतालमै छन्। आर्थिक सहयोग केही भए पनि जुट्न सुरु भएको छ। तर अब उनका लागि हवाई टिकट पाउनु अहिलेको आवश्यक रहेको निर्देशक लामाले बताए।

बिरामीलाई काठमाडौं लगेर उपचार गर्न खोजिएको छ। उपचारका लागि संकलित रकम पर्याप्त नभएका कारण थप सहयोगका लागि सहयोगी हातको खोजीमा बिरामी तामाङ रहेकी छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?