सिमकोट – मुटुकी बिरामीलाई चीनको ताक्लाकोटमा ब्यापार ब्यवसाय गर्दै आएका नेपालीले आर्थिक सहयोग जुटाएका छन्। नाम्खा गाउँपालिका– १ को धिगाँ गाउँकी सुनपुटी तामाङको उपचारका लागि ताक्लाकोटका नेपालीबाट आर्थिक सहयोग जुट्ने कार्य भएको हो।
ताक्लाकोटमा ब्यापार ब्यवसाय गर्दै आएकी लामु लामाले हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा ब्यापार ब्यवसाय गर्दै आएको हुम्लावासीले मुटुकी बिरामी तामाङका लागि आर्थिक सहयोग जुटाएको बताइन्।
यसका लागि पाँच हजार ८१६ चिनियाँ युआन संकलन भएको र यसबाट नेपाली एक लाख बीस हजार ९१२ रुपैयाँ भएको छ।
सहयोग जुटेको रकम चाँडै ताक्लाकोटबाट बिरामी तामाङको आफन्तको खातामा पठाइदिने उनले बताइन्। यो रकम ५३ जना ताक्लाकोटमा काम गर्दै आएका हुम्लावासीले सहयोग गरेका हुन्। आर्थिक अवस्था समजोर भएपछि जिल्लाबाहिर उपचार गर्नका लागि ब्यक्तिगत रुपमा आर्थिक सहयोग जुटाउने कार्य भएको हो।
उक्त वडाबाट सिमकोट बस्दै आएका ब्यक्तिबाट ब्यक्तिगत रुपमा एक लाख ८८ हजार ७० रुपियाँ सहयोग जुटेको थियो।
बिरामी तामाङले एक हप्तापछि पाइन् हवाई टिकट
अस्पतालले रिफर गरेको एक हप्तापछि विरामी तामाङले हवाई टिकट मंगलबार पाएकी छन्। टिकट पाएपछि उनी अहिले काठमाडौं पुगेर केएमसी अस्पतालमा उपचार गराइरहेकी छन्।
उनको परिवारका सदस्यहरुमा एउटा बाह्र तेह्र वर्षकी छोरी र दुई जना अपांगता भएकी दिदी छन्। अस्पतालले जिल्लामा उपचार हुन नसक्ने भएपछि एक हप्ता अगाडि जिल्ला बाहिर रिफर गरे पनि टिकट नपाएकााले अस्पतालमै बसेकी थिइन।